मनकारी युवाहरु, जसले राजिवको उपचारका लागी उठाए झण्डै ४० हजार
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ निवासी राजिव कुमार सापकोटाको उपचारमा सहयोग गर्ने उदेश्यले सिमरामा साङगितिक कार्यक्रमको आयोजना गरिएको छ । द योङ निति ब्याण्ड, हि पप तराई, सिमरा युवा समाज लगायतको संयुक्त आयोजनामा सिमरामा साङगितिक कार्यक्रमको आयोजना गरिएको हो ।
सापकोटाको बैशाख ३१ गते पौडी खेल्ने क्रममा लडेर मेरुदण्ड भाचिएको थियो । सापकोटाको उपचारमा सहयोग गर्ने उदेश्यका साथ आयोजित साङगितिक कार्यक्रममार्फत ३९ हजार ५ सय रुपैया संकल्न भएको छ ।
साङगितिक कार्यक्रमकाबिच राजिवको उपचारमा सहयोग गर्न आह्वानसमेत गरिएको थियो । सो अवसरमा साङगितिक प्रस्तुती पनि प्रस्तुत गरिएको थियो ।
सापकोटाको अहिले काठमाण्डौको सुस्मा कोईराला मेमोरियल हस्पिटलमा भईरहेको बुबा बेद प्रसाद सापकोटाले जानकारी दिनुभयो । १६ बर्षिय सापकोटाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि सापकोटालाई काठमाण्डौ लगिएको थियो ।
बुबा बेद प्रसाद सापकोटाले आफुहरुको पारिवारिक स्थिति कमजोर रहेका कारण छोराको उपचार गर्न पनि समस्या भईरहेको बताउनुभयो ।
सहयोग गर्न : वेद.प्र.सापकोटा : ९८२३३०६९९७ (विरामीका















