पछिल्लो २४ घन्टामा ४ सय ३५ जनामा कोरोना पुष्टि : ५६ जना सङ्क्रमणमुक्त
पछिल्लो समय ४ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५ सय ३७ रहेका छन्।
विगत २४ घण्टामा ५६ जना सङ्क्रमणमुक्त भएका छन्।
काठमाडौँ जिल्लामा ५ सय बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ। आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् ।
हाल होम आइसोलेशनमा दुई हजार ३ सय ९६, संस्थागत आइसोलेशनमा १ सय ४१ र सघन उपचार कक्ष
(आइसियु)मा १९ जना उपचार भइरहेको छ।















