छठीमाई पुजा समितिले पायो नया कार्यसमिति, अध्यक्षमा कर्ण चयन

ए वान डेस्क
१४ श्रावण २०७९, शनिबार १९:१७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको छठीमाइ पुजा व्यवस्थापन समितिको पाचौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

साधारणसभाले प्रमोद कुमार लालकर्णको अध्यक्षतामा २० सदस्य नया“ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण सुवेदि, काषाध्यक्षमा अशोक चौधरी, सचिवमा चन्दन चौधरी र सहसचिवमा पुनम झा चयन हुनुभएको छ । यसैगरी सदस्यमा खड्ग बहादुर बस्नेत, सिता सिंह, देवकिशोर दास लगायत चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले छठीमाइ मन्दिरको विकासको निम्ति काम गर्न सबै कार्य समितिका सदस्यलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाले नया कार्य समितीका सबै सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

छठीमाइ पुजा ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद बरैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलि कुमारि पाठक, राजकुमार यादब, धनराज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*