सिमरामा जडान गरिएको ‘सिसि क्यामरा’ बर्षौदेखि बन्द, सुरक्षा चुनौती बढ्दै
ए वान डेस्क /
बाराको सिमरामा जडान गरिएको सिसिटिभी क्यामरा बर्षौदेखि बन्द अवस्थामा छन् । मुख्य राजमार्ग क्षेत्र र भित्रि राजमार्गमा हुने गतिविधि तथा दुर्घटना हेरेर सुरक्षा टोलीलाई अनुसन्धानमा मदत पुगोस् भनेर राजमार्ग आसपासका पोलहरूमा जडान गरिएका अधिकासं सिसि क्यामेरा बन्द अवस्थामा छन् ।
सिमरा आसपासका क्षेत्रमा जडान गरिएका दुई दर्जन क्यामेरा मध्य अहिले जम्मा ६ वटा सिसि क्यामेरा सञ्चालनमा रहेको छ । बाकी सबै क्यामेरा बन्द अवस्थामा रहेको सिसिटिभि क्यामरा जडान तथा मर्मत समितिले जनाएको छ ।
समितिका सचिव समेत रहनुभएका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बिभिन्न कारणले बर्षौदेखि सिसिक्यामेरा बन्द अवस्थामा रहेको बताउनुभयो । सिसिटिभी क्यामरा जडित क्षेत्रको राजमार्गका गतिविधि प्रहरी कार्यालयको कन्ट्रोल रूमबाट नियाल्दै शङ्कास्पद गतिविधि भए तुरुन्तै प्रहरी परिचालन गर्न सहज हुने गरेको भएपनि बर्षौदेखि क्यामरा बन्द छ ।
बिग्रिएका क्यामराहरूको मर्मतसम्भार गरी पटक पटक सञ्चालनमा ल्याएपनि पछिल्लो समय मर्मतसम्भारको काम अघि बढ्न नसकेको उहाले बताउनुभयो । क्यामराले काम गर्न छोडेपछि सिमरा आसपासका क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढ्न थालेको छ । सिसिक्यामरा बन्द हुदा सुरक्षा चुनौती पनि बढ्दै गएको छ ।
लाखौ रकम खर्चेर सिसि क्यामेरा जडान गरिएपनि सम्बन्धीत निकायको उदासिन्ताका कारण दर्जनौ बढि क्यामेरा सञ्चालनमा आउन छैन् । सिसिटिभि क्यामेरा जडान तथा मर्मत समितिका सचिव शर्माले जीतपुरसिमरा उपमहानगरपालिकाले सिसिटिभि क्यामरा मर्मत र सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले सम्बन्धीत वडा र नगरले ध्यान दिए जीतपुरसिमरा सुरक्षीत हुने भन्दै आवश्यक छलफल भईरहेको बताउनुभयो ।















