बन र बन्यजन्तु संरक्षणमा हामी गंभिर छौ : नगर प्रमुख पौडेल

ए वान डेस्क
८ आश्विन २०७९, शनिबार १६:४९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वन संरक्षणको पाटोमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले बाराको सिमरामा आज आयोजना शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले यस्तो बताउनुभएको हो ।

बन र बन्यजन्तु संरक्षणको पाटोमा उपमहानगरपालिका पनि गंभिर रुपमा लागेको भन्दै उहाले मातहतका सघ संस्थासंग सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाले सबै वन सम्बद्ध संस्थासंग सहकार्य गरेर जीतपुरसिमरालाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा सदस्य उद्धव प्रसाद गौतम, विशाल घिमिरे, मिरा ढकाल, लक्ष्मी सुनार, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपालीहरुको महानचाड विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम समुहका अध्यक्ष सत्यबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै समुहका अध्यक्ष श्रेष्ठले संस्थागत विकासको निम्ति आवश्यक सहयोग गर्ने आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*