प्रेम गित ३ को टिम भोलि सिमरा आउने, प्रदिप खड्कासहित आउदैछन् यी कलाकार
ए वान डेस्क /
प्रेम गित ३ को जम्बो टिम भोलि बाराको सिमरा आउने भएको छ । सिमरा बिजनेस सेन्टरमा भोलिदेखि सञ्चालनमा आउन लागेको के एस आर मुभिजको उद्घाटनमा सहभागि हुन प्रेम गित ३ को टिम भोलि सिमरा आउन लागेको हो ।
प्रेम गित ३ का नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्माता संतोष सेनसहितको जम्बो टोलि सिमरा आउने के एस आर मुभिजका सञ्चालक राजन उप्रेतीले जानकारी दिनुभयो । उद्घाटनको अवसरमा नेपालका चर्चित कलाकारहरु पनि भोलि सिमरा आउने सञ्चालक उप्रेतीले बताउनुभयो ।
उहाका अनुसार चर्चित हास्यकलाकार संदिप क्ष्ँेत्री, कलाकारहरु किरण के.सी, युवराज लामा, अनुप बिक्रम शाही लगायतको पनि उपस्थिति रहनेछ ।















