पुर्वमन्त्री श्रेष्ठले गरे जीतपुरसिमरामा निर्माण हुन लागेको आखा अस्पतालको शिलन्यास

ए वान डेस्क
१० आश्विन २०७९, सोमबार १८:३३

त्रिपुरेश्वर आँखा अस्पतालको शाखा कार्यालय नेपाल आँखा अस्पतालको भवन जीतपुर सिमरा उपमहानगर ४, स्थित औराहामा आज शिलान्यास गरिएको छ । करिब ६ करोड अनुमानित लागतमा निमार्ण हुने आखा अस्पतालको आज पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

त्रिपुरेश्वर अँखा अस्पतालका कार्यकारी अध्यक्ष दमनबहादुर घलेले तराई, मध्यपहाडी र हिमाली क्षेत्रमा त्रिपुरेश्वर आँखा अस्पताल काठमाडौको शाखा कार्यालयहरु खोल्ने योजना अन्तर्गत बाराको जीतपुरसिमरा ४ स्थित औराहाबाट शुरु गरिएको बताउनुभयो । औराहा स्थित आँखा अस्पतालले भाडाको घरबाट २ वर्षदेखि सेवा दिदै आएको छ ।

अस्पतालले आँखा सम्बन्धि मोतियाविन्दु वा अन्य जटिल समस्या भएमा हरेक महिनाको एक पटक डाक्टरहरुको टोली ल्याएर आँखाको शल्यक्रिया गर्ने गर्दछ । त्रिपुरेश्वर आखा अस्पतालका कार्यकारी प्रमुख घले भने आँखा अस्पतालको आफ्नै भवन निमार्ण भएपछि आधुनिक उपकरण सहितको विशेषज्ञ डाक्टरहरुको व्यवस्था गरिने बताउनुभयो ।

अस्पतालले आँखासम्बन्धी जटिल समस्या भएर शल्यक्रिया गर्नुपर्ने गरिव विपन्न परिवारलाई समय समयमा शिविरहरु राखेर निशुल्क सेवा दिँदै आएको छ भने सामुदायिक विद्यालयका शिविर राखेर विद्यार्थीहरुलाई निशुल्क आँखा परीक्षण गर्ने गर्दछ । कार्यकारी अध्यक्ष घलेले अस्पतालको आफ्नै भवन निमार्ण भएपछि जितपुर सिमरा र आसपासका ग्रामीण भेगका स्थानीयहरुलाई समयमै सेवा दिन सकिने बताउनुभयो । पूर्व श्रममन्त्री श्रेष्ठले भने अस्पताल निमार्णमा बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

आँखा अस्पताल निमार्णका लागि सिमराका समाजसेवी कँसिम मियँ र हासिम मियाले ५ कठ्ठा जग्गा दान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*