सिमरामा यमाहाको ‘एक्सचेन्ज मेला’ शुरु, ‘पुरानो ल्याउनुस्, नया लैजानुस्’

ए वान डेस्क
११ आश्विन २०७९, मंगलवार ०९:१८

ए वान डेस्क /

नेपालीहरुको महानपर्व बडादशैको अवसरमा बाराको सिमरामा यमाहा मेघा एक्सचेन्ज मेला शुरु भएको छ । सिमरास्थित बिजनेस सेन्टर असोज ९ गतेदेखि शुरु भएको मेला असोज १४ गतेसम्म चल्नेछ ।

यमाहाको आधारिक बिक्रेता सिमा ईमानटरप्राईजेजको सहजिकरणमा सञ्चालित मेलामा यमाहा ब्राण्डका सबै प्रकारका मोटरसाईकल र स्कुटि एक्सचेन्जमा राखिएको छ । ‘मेलामा जुनसुकै पुरानो मोटरसाईकल र स्कुटि एक्सचेञ्ज गर्न सकिनेछ, पुरानो ल्याउनुहोस्, नया लैजानुहोस्’ यमाहाको आधारिक बिक्रेता सिमा ईमानटरप्राईजेजका सञ्चालक सुनिल गुप्ताले भन्नुभयो ।

मेलामा सहभागि भई टेस्ट ड्राईभ पनि गर्न सकिने उहाले बताउनुभयो । ‘टेस्ट ड्राईभ गर्दा बम्पर उपहार पाईन्छ, त्यस बाहेक हरेक ३ जनालाई स्मार्ट टिभिको पनि व्यवस्था गरेका छौ’ गुप्ताले भन्नुभयो ।

गुप्ताले मेलामा सहभागि भई बडादशैको अवसर सदुपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*