सिमरा गोल्डकप : ‘उपाधी’ का लागी आर्मी र थ्रिस्टार भिड्ने

ए वान डेस्क
३ फाल्गुन २०७४, बिहीबार १८:४७

ए वान डेस्क /

बाराको सिमरामा जारी रुस्लान नवौ सिमरा गोल्डकपको उपाधीका लागी त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रिस्टार क्लब भिड्ने भएका छन् । आज भएको अन्तिम सेमिफाईनल खेलमा विरगञ्ज युनाईटे क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दे थ्रिस्टार फाईनल प्रवेश गरेको हो ।

आर्मी यसअघि नै मोरङ्ग ११ लाई पराजित गर्दे फाईनलमा प्रवेश गरेको थियो । उपाधीका लागी दुई टिम बिचको खेल पर्सि शनिवार हुनेछ । आजको अन्तिम सेमिफाईनल खेल प्रतिस्पर्धात्मक बनेको थियो । आजको खेलमा विरगञ्ज विरुद्ध आर्मीका दिनेश योञ्जनले ३ गोल गरेका थिए ।

पहिलो हाफ अघि १ गोल गरेको आर्मीले दोश्रो हाफपछि लगातार २ गोल गर्यो । खेलमा विरगञ्जले धेरै अवसर पाएको थियो । तर विरगञ्ज त्यो अवसर सदुपयोग गर्न नसक्दा हार व्यर्होनु पर्यो । आजको खेलेको म्याद अफ दि म्याच आर्मीका दिनेश योञ्जन भए । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको ‘सेतो’ र ‘निलो’ गरि १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*