अम्लेखगञ्जमा भएको बस दुर्घटनामा पूर्व श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त
पूर्व श्रममन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठले बाराको अम्लेखगञ्जमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइते परिवारलाई उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
पूर्वमन्त्री श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै पथलैया–अम्लेखगञ्ज सडकखण्ड अन्तर्गत ३ नं पुलमा भएको बस दुर्घटनामा मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन र घाइतेहरूको उपचार सहज व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । बिहीबार चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको अम्लेखगञ्जमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १२ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरू हेटौडा स्थित चुरेहिल, हेटौडा अस्पताल र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।















