२० केजी चरेससहित तीनजना बाराको सीमाबाट पक्राउ

ए वान डेस्क
२१ आश्विन २०७९, शुक्रबार १६:२७

बाराबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको बाराको बेनौली गाउँबाट सशस्त्र प्रहरीले लागुऔषध चरेस २० किलोसहित तीनजनालाई पक्राउ गरेको हो ।

annapurna post

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका -१९ नगवा घर भएका ३० वर्षीय मुकेश श्रीवास्तव, वीरगन्ज २ छपकैया घर भएका १६ वर्षीय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ घर भएका ३७ वर्षीय मुस्तान देवान रहेका छन् ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनोली स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट शुक्रबार बिहान खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट चरेस बोकेर आउदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

चरेससहित पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरी सीमा सुरक्षा बल बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*