जीतपुरसिमरा उद्योग वाणिज्य संघकाे आयाेजनामा शुभकामना आदनप्रदान सम्पन्न

ए वान डेस्क
४ कार्तिक २०७९, शुक्रबार ०६:३७

बैंक तथा वित्तीय संस्थाहरूले ऋणमा व्याजदर बृद्वि गरेपछि बाराकाे जीतपुर सिमराका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघकाे आयाेजनामा शुभ दिपावली, भाईटिका, छट पर्व र नेपाल सम्बत लगायतकाे अवसरमा आयाेजित शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् ।

व्याजदरको कारण कयौं व्यापारीहरूको व्यापार बन्द भएको र अन्य धेरै व्यापारी पीडित भएर व्यापार व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको कुरालाई विशेष ध्यानमा राखि यसको उपाय खोज्न बैंकर्सहरूलाई अनुरोध गरेका हुन् ।

व्यवसायीकाे समाधान नभए उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन गर्नुपर्ने अवस्थामा आएकाे जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

कार्यक्रममा व्यवसायिले वीरगन्ज-पथलैया व्यापारिक मार्ग निर्माण, सडक बत्ती र फाेहाेर व्यवस्थापन र अनुगमनका विषयमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पाैडेल, उप-प्रमुख भोला प्रसाद अधिकारी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनक पन्त, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता, राजश्व अनुसन्धान पथलैयाका प्रमुख कृष्ण पाण्डे, आन्तरिक राजश्व सिमराका प्रमुख राजकुमार खतिवडा, सिमरा विमानस्थल प्रमुख सुर्यबहादुर खत्री, नेपाल विद्युत प्राविकरण सिमराका प्रमुख रामु श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरि वीरगञ्ज उद्योग वाणिज्यका अध्यक्ष डा. सुबाेध गुप्ता, उपाध्यक्ष हरि गाैतम, माधवराज पाल, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा बैंकर्स क्लबका अध्यक्ष कृष्णा गौतम, नगर उद्योग वाणिज्य संघका पुर्व महासचिव शिवजी साह सोनार, सत्तागठबन्धनका नेता रविराज दंगाललगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका पुर्व सल्लाहकार मुकुन्द बहादुर क्षेत्री, गणेशजी साह, कपिलदेवप्रसाद यादबलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम जीतपुरसिमराका सञ्चालित बैंकका शाखा प्रमुख, व्यवसायीहरुकाे सहभागी थिए । नगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माको अध्यक्षतामा भएकाे कार्यक्रम महासचिव प्रकाश गिरिले सञ्चालन गरेकाे थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*