होटल व्यवसायी संघले शुरु गर्यो देउसी भैलो, आज निजगढमा खेल्ने

ए वान डेस्क
८ कार्तिक २०७९, मंगलवार १४:१८

ए वान डेस्क /

होटल तथा पर्यटन व्यवसायी संघ बाराले देउसी भैलो कार्यक्रम शुरु गरेको छ । शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा संघले देउसी भैलो कार्यक्रम शुरु गरेको हो ।

सिमराको गुप्ता मार्केटबाट शुरु भएको देउसी भैलो कार्यक्रम बाराका बिभिन्न स्थानमा आयोजना गरिने संघ बाराका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो । मौलिक कला, सस्कृतिको संरक्षण तथा संघको स्थायित्व र विकास गर्ने उदेश्यका साथ देउसी भैलो आयोजन गरिएको अध्यक्ष लम्सालले बताउनुभयो ।

लम्सालका अनुसार बाराको सिमरा, पथलैया, जीतपुर, डुमरवाना, अमलेखगञ्ज, निजगढ लगायतका ठाउमा देउसी भैलो कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा शुभकामना आदान प्रदानसाथै सास्कृतीक नृत्य समेत प्रस्तुत गरिने महासचिव गोबिन्द गहतराजले जानकारी दिनुभयो ।

देउसी भैलो कार्यक्रम अन्तर्गत आज निजगढमा कार्यक्रम गर्ने तयारी गरिएको छ । साझा ६ बजेपछि निजगढ चोकमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने गरी तयारी भईरहेको महासचिव गहतराजले बताउनुभयो ।

कार्तिक ११ गतेसम्म चल्ने देउसी भैलो कार्यक्रमको एक कार्यक्रमकाबिच ५ दलिय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले कला संरक्षणको संरक्षण गर्ने उदेश्यका साथ आयोजित देउसी भैलो कार्यक्रम समय सान्र्दभिक भएको बताउनुभयो ।

कार्यक्रममा बारा ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले मौलिक सस्कृतीको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघ बाराका संस्थापक अध्यक्षसमेत रहेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले संस्थागत विकासको निम्ति आयोजना गरिएको देउसी भैलो कार्यक्रमको सफल्ताको कामना गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*