जीतपुरसिमरा १९ मा बन्ने दलित सास्कृतीक भवनको शिलन्यास
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मा निर्माण हुन लागेको दलित सास्कृतीक भवनको शिलन्यास गरिएको छ । मधेश प्रदेश सरकारको सहयोगमा बन्न लागेको भवनको नगर प्रमुख राजन पौडेलले शिलन्यास गर्नुभएको हो ।
वडा नम्बर १९ को मथुरापुर टोलमा बनाउन लागिएको भवनको आज एक कार्यक्रमकाबिच शिलन्यास गरिएको हो । वन निर्माणको निम्ति मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले २० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
शिलन्यास कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष दिपेन्द्र कुमार क्षेत्री, वडा सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रमुखहरु, राजनितिका दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दलित सास्कृतीक भवन पुष मसान्तसम्म निर्माण भईसक्ने निर्माण समितिका अध्यक्ष श्याम सुन्दर पाशवानले जानकारी दिनुभयो ।















