अलपत्र योजनाबारे श्रेष्ठद्धारा सरकारको ध्यानाकर्षण, भेटे मन्त्रालयका सचिव र महानिर्देशक

ए वान डेस्क
१९ मंसिर २०७९, सोमबार १८:२९

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले क्षेत्र नम्बर ४ मा अलपत्र परेका योजनाको कामलाई दु्रत गतिमा अघि बढाउन सरकारसंग माग गर्नुभएको छ । निर्वाचित भए लगत्तै क्षेत्र नम्बर ४ को समस्याबारे सरकारको ध्यानाकष्र्ण गराउन काठमाण्डौ पुग्नुभएका श्रेष्ठले विकास निर्माणको नाममा विशेष ध्यान आग्रह गर्नुभएको हो ।

आज सिंहदरबारमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल र महानिर्देशक अर्जुन जंग थापासंगको भेटमा श्रेष्ठले क्षेत्र नम्बर ४ मा अलपत्र परेका योजनाको काम तत्काल तिब्र रुपमा अघि बढाउन निर्देशन दिनुभयो । उहाले पथलैया विरगञ्ज सडक खण्डको काम, गण्डक फेटाको क्यानल रोड, अलपत्र बंगेरी पुलको काम यथाशिघ्र छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

बन्जरीयाको बंगेरी पुल बिगत ९ बर्षदेखि अलपत्र अवस्थामा छ । निर्वाचनको समयमा प्रतिनिधिसभा सदस्य श्रेष्ठले आफु विजयी भएको एक बर्षभित्र बंगेरी पुल निर्माण गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

काठमाण्डौ पुगेका श्रेष्ठले आजै प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसंग भेटघाट गरी बधाई तथा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*