आफ्नै गाउ, आफ्नै कथा र आफ्नै अभिनयमा कामेश्वर चौरसियाको ‘भुपती’

..... अनि यसरी जन्मियो कामेश्वर चौरसियाको ‘भुपती’

ए वान डेस्क /

२ बर्षअघिको कोरोना कहर । त्यसबेला सबै क्षेत्र ध्वस्त जस्तै थियो, शुन्य जस्तै थियो । जिवन र मरणको दोसादमा नेपालीहरु कोरोना कहर झेल्दै थिए । कोहि आफ्ना आफन्तको मृत्यु बियोगमा रुदै थिए, त कोही कोरोना कहरको चिन्ताले छटपटाईरहेका थिए ।

त्यसैबेला चलचित्र क्षेत्रमा कुनै समय एक छत्र राज गरेका कलाकार कामेश्वर चौरसिया भने चलचित्रको कथा लेख्दै थिए । चौरसिया चलचित्र ‘रेसम फिलिली’ मा हरियाको भूमिकामार्फत चर्चामा आएका पात्र हुन् । त्यसबेला चौरसिया निकै रुचाईएका थिए । त्यसबेला मधेशी चरित्रमा उनलाई दर्शक खुबै रुचाए ।

कोरोना कहरअघि उनको अन्तिम चलचित्र ‘साङ्लो’ थियो । कुनै समय चलचित्र क्षेत्रमा डिमान्डेड चौरसिया कोरोना कहरको शुरुवाती समय भने ‘साङ्लो’ मा बाधिए झै भए । त्यसको केहि समयपछि उनी आफ्नै गृह जिल्ला बारा आए । बारा आएर चौरसियाले आफ्नो क्षमता र कलाको सदुपयोग गर्न थाले ।

क्रमशः आफ्नै गाउमा उनी चलचित्रको स्क्रिप्ट लेखनमा व्यस्त हुन थाले । तराई मधेशकै बिषयबस्तुलाई समेट्ने गरी चौरसियाले चलचित्रको कथा लेख्न थाले । उनी भन्छन् ः तराईलाई जुन किशिमले चलचित्र उद्योगले देखाएको छ समग्र क्षेत्रमा त्यो तराई हैन्, तराईको बिषयबस्तु र कथा बेग्लै छ, त्यो बिषयबस्तु म देखाउन खोज्दैछु ।

तराई मधेशको परिचय र पहिचानलाई अर्गानिक रुपमा प्रस्तुत गरी आफ्नै अभियनयमा चलचित्र बनाउने गरी उनले त्यसपछि ‘भुपती’ लाई जन्म दिए । कोरोना कालको समयमा भएको कालोबजारी र दलालीलाई केन्द्रबिन्दुमा राखेर भुपतीलाई जन्म दिनेगरी उनले आफुलाई चलचित्र क्ष्ँेत्रमा पुनः युर्टन हुन खोजे ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर निवासी चौरसिया अहिले छायांकनको तयारीमा व्यस्त छन् । भुपती नाम आफैमा ओझिलो छ । नेपालको बिद्यमान समस्या र समाजमा भईरहेको बेथितिलाई भुपतीमा उजागर गर्न खोजिएको छ । त्यसो त चौरसियाले भुपतीलाई मधेशको कोर क्ष्ँेत्रमा छायांकन गर्ने गरी निर्माणको तयारी अघि बढाईरहेका छन् ।

बारा, पर्सा र मकवानपुरलाई केन्द्रबिन्दु बनाएर छायांकन गर्ने गरी चौरसियाले आफ्नो आन्तरीक तयारी तिब्र पारेका छन् । फागुनको पहिलो साता शुभमुर्हत गर्ने गरी निर्माण पक्षले तयारी अघि बढाईरहेको कलाकार चौरसियाले बताए । कामेश्वर चौरसिया फिल्म प्रोडक्सन र बिएस मेकर स्टुडियोको संयुक्त निर्माणमा भुपती तयार हुन लागेको हो ।

You might also like