जीतपुरसिमरामा श्रम अस्पताल बनाउन मेयरको अग्रसरता

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा श्रम अस्पताल बनाउन नगर प्रमुख राजन पौडेलले अग्रसरता देखाएका छन् । स्थानीय तहको निर्वाचनमा जनाएको प्रतिवद्धता पुरा गर्न नगर प्रमुख पौडेलले श्रम अस्पताल बनाउने गरी छलफललाई अघि बढाएका हुन् ।

सोही अनुरुप काठमाण्डौमा श्रमिक अस्पताल निर्माण गर्ने बिषयमा मन्त्रालयका पदाधिकारीहरुसंग छलफल भएको छ । छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर, सचिव एकनारायण अर्याल, नगर प्रमुख राजन पौडेल, मन्त्रालयका सह सचिव राजिव पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष डिबि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, ईन्जिनियर संजिव रुपाखेती, माओवादी नेता अर्जुन शर्मा लगायतको उपस्थिति रहेको थियो । छ

लफलमा अस्पताल निर्माणको लागि जग्गा प्राप्ती गर्ने निर्णय भएको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । विशेष आर्थिक क्ष्ँेत्र सेजको जग्गा र वडा नम्बर २४ हरपुर क्ष्ँेत्रमा रहेको जग्गाको स्थलगत निरिक्षण गरेर सो को आधारमा प्रतिवेदन तयार गर्ने निर्णय भएको नगर प्रमुख पौडेलले बताउनुभयो ।

नगर प्रमुख पौडेलले जग्गाको निरिक्षण गरेर प्रतिवदेन तयार भएपछि अस्पताल निर्माणको प्रक्रिया शुरु गर्ने गरी मन्त्रालयमा छलफल भएको बताउनुभयो । जीतपुरसिमरामा श्रम अस्पताल निर्माण गर्ने निर्णय तत्कालिन श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ किशानले गर्नुभएको थियो ।

You might also like