जीतपुरसिमरा ११ : २१४ जना किशानलाई बाडियो रसायनिक मल

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको सिपमुलक कृषि सहकारी संस्था लिमिटेड सिसहनीयाले कृषकहरुलाई रसायनिक मल वितरण गरेको छ । नेपाल सरकारको साल्ट ट्रडिङ कम्पनीबाट प्राप्त मल सहकारी संस्थाले वितरण गरेको हो ।

संस्थाका अध्यक्ष संतोष कुमार यादवले २१४ जना कृषकलाई डिएपी र युरीया मल वितरण गरिएको बताउनुभयो । वडा नम्बर ११ का किशानलाई रसयनिक मल वितरण गर्न संस्थाको गोदामघरमा डिएपी र युरीया मल राखिएको थियो ।

‘किशानलाई बाडिएको रसायनिक मल प्रयाप्त हैन्, तर कम्पनीबाट हामीले जति मल प्राप्त गरेका थियौ, त्यसैलाई आधार बनाएर बाडेका हौ’ अध्यक्ष यादवले भन्नुभयो ।

You might also like