सपथपछि सासंद श्रेष्ठको घोषणा : मैले पाउने तलब भत्ता जनताको लागि खर्च गर्छु

ए वान डेस्क
७ पुष २०७९, बिहीबार १७:३६

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभामा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका नागरिकको लागि खर्च गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि सासंद श्रेष्ठले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।

मैले सासंद भएवापत पाउने तलब भत्ता बारा ४ का नागरिकको लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि सञ्चारकर्मीलाई भने । सासंद श्रेष्ठले निर्वाचनको घरदैलोमा पनि आफु निर्वाचित भईसकेपछि आफुले पाउने तलब भत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका थिए । २०७४ सालमा तनहु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुदा पनि सासंद श्रेष्ठले आफुले पाएको तलब भत्ता जनताको लागि खर्च गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*