दोश्रो अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक
बाराको सिमरामा रहेको सिमरा भेट्रान क्लबले दोश्रो अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । सिमरा रंगशालामा आज आयोजित छलफल कार्यक्रमकाबिच प्रेश बिज्ञप्ती जारी गर्दै सिमरा भेट्रान क्लबले प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।
क्लबले भदौ २९ गतेदेखि स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरेको थियो । असोज १ गतेसम्म सञ्चालित प्रतियोगितामा ११ लाख २० हजार ६ सय ६० रुपैया खर्च भएको जनाएको छ ।
प्रतियोगितामा १५ लाख १६ हजार ९ सय आम्दानी भएकोमा ६ लाख ९९ हजार ८ सय रुपैया उठाउन बाकी रहेको क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो । छलफलमा प्रतियोगिताको आय व्यय क्लबकी कोषाध्यक्ष रिता कडेलले प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा क्लबका अध्यक्ष राउतले प्रतियोगिता सञ्चालनको निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रतियोगिता संयोजक हरी चौधरीले आगामी दिनमा खेललाई अझै व्यवस्थित बनाउने बताउनुभयो । क्लबका सल्लाहकार बिनोद परियारले खेल क्षेत्रको विकासमा भेट्रान प्रतियोगिताले ठुलो भुमिका खेलेकोब बताउनुभयो ।
छलफलमा आगामी प्रतियोगिता सञ्चालनको बिषयमा समेत छलफल भएको क्लबका सदस्य उमेश चौलागाईले जानकारी दिनुभयो । खेल क्षत्रेको विकास र प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजित अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।

















