नेपाल राष्ट्रिय आधारभुत बिद्यालय अमाडारलाई शैक्षिक सामाग्री सहयोग

ए वान डेस्क /
शैक्षिक क्षेत्रको सुधारको निम्ति लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको हाट फर ओन्डरवाईज संस्थाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा शैक्षिक सामाग्री वितरण गरेको छ । वडा नम्बर ११ को नेपाल राष्ट्रिय आधारभुत बिद्यालय अमाडारलाई आज एक कार्यक्रमकाबिच हाट फर ओन्डरवाईज संस्थाले शैक्षिक सामाग्री वितरण गरेको हो ।
सो संस्थाले मधेश प्रदेशका बिभिन्न बिद्यालयमा शैक्षिक गुणस्तर सुधारको निम्ति शैक्षिक सामाग्री वितरण गर्दै आएका छ । नेपाल राष्ट्रिय आधारभुत बिद्यालय अमाडारलाई ४३ ईन्चको टेलिभिजनसहित बिभिन्न शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका सल्लाहकार उदित भट्टले जानकारी दिनुभयो ।
सो शैक्षिक सामाग्री वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साह र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अर्याललाई हस्तान्तरण गरिएको थियो । संस्थाले बिद्यालयको लागी ४३ ईन्चको टेलिभिजन र बिद्यार्थीहरुको लागि ५ वटा ब्याटमिन्टन, ३८० जनालाई ब्याग, ३८० जनालाई दर्जनका दरले पन्सिल, ३८० जनालाई कलर, फुटबल ५ वटा, स्किपिङ डोरी ३० वटा, लुडो ३० वटा र डाईङ कपि ३३० जनालाई पुग्ने गरी शैक्षिक समाग्री वितरण गरिएको सल्लाहकार भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष बिन्दालाल साह, वडा सदस्य सुरेश यादव, शिक्षाप्रेमी नारायण गौतम, सञ्चारकर्मी प्रदिप गौतम लगायले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधानाध्यापक सुधामा प्रसाद यादवले गर्नुभएको थियो ।