पर्सागढीको वर्वाछटैली मा.बिको अध्यक्षमा हवारी चयन

अमृत बस्याल /पर्सागढी संवाददाता
पर्सागढी नगरपालिका वडा नम्बर ४ वर्वाछटैली मा.बि बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति चयन भएको छ । बिद्यालयमा दोश्रो पटक भएको अभिभावकहरुको भेलाले स्थानीय समाजसेवी ओसियर हवारिको अध्यक्षतामा समिति चयन गरेको हो ।
यसअघि स्थानीय छाटेलाल यादवलाई अध्यक्ष चयन गरिएको थियो । तर अभिभावकहरुले लगातार बिरोध जनाएपछि समिति चयन प्रक्रिया स्थगन भएको थियो । आज भएको दोश्रो भेलाले भने हवारिको अध्यक्षतामा ९ सदस्य समिति चयन गरेको पर्सागढीस्थित हाम्रा संवाददाता अमृत बस्यालले जानकारी दिनुभयो ।
हवारि ४ बर्षअघि पनि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुभएको थियो । तर त्यसबेला हवारिले मात्र ६ महिना समितिमा बसेर बाहिरिएका थिए । समितिको अध्यक्षमा चयन भएपछि हवारिले बिद्यालयलाई नमुना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।