देश र समाजको विकासमा कुनै कसर बाकी राख्दिन् : मन्त्री शाह

बाराको सिमरामा रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नवनियुक्त मन्त्री ज्वाला शाहलाई आज सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रमकाचि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले मन्त्री शाहलाई सम्मान गरेको हो । बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य समेत रहनुभएकी शाह केहिदिन अघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो । हालसम्म कुनैपनि मन्त्रालयको जिम्मेवारी नपाउनुभएकी शाह बिभिन्न कार्यक्रममा सहभागि हुन केहिदिन अघि बारा आउनुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री शाहले आफ्नो अहिलेसम्मको उपलब्धी जनता नै भएको बताउनुभयो । मन्त्री शाहले आफुलाई सबै समेटेर अघि बढ्ने बताउदै देश र समाजको विकासमा कुनै कसर बाकी नराख्ने बताउनुभयो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बाराले हालै गठन भएको मन्त्रिपरिषदमा मन्त्री पाउनु खुशीको बिषय भएको बताउनुभयो । मन्त्री शाहलाई स्वागत गर्न आयोजित कार्यक्रममा ब्रह्मकुमार परमेश्वर भाइजी, ब्रह्माकुमार सन्तोष भाईजी र ब्रह्माकुमारी लक्ष्मी बहिनीले फुल माला लगाएर मन्त्री शाहलाई सम्मान गर्नुभएको थियो । यस्तै सिमरा सेवा केन्की सञ्चालिका ब्रह्माकुमारी मधु दिदीले पनि दोसल्ला ओढाएर मन्त्री शाहलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी मदन बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सिमरा सेवा केन्द्रकी सञ्चालिका मधु दिदीले आशिष बाचन गरेर मन्त्री शाहको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी ममता दिदीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत ब्रह्माकुमार परमेश्वर भाइ जीले गर्नु भएको थियो ।

You might also like