सिमरा भेट्रान क्लबको प्रथम बार्षिक साधारणसभा सम्पन्न

ए वान डेस्क /
बाराको सिमरामा रहेको सिमरा भेट्रान क्लबको प्रथम बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बिच बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले खेल क्षेत्रको बिकासमा सिमरा भेट्रान क्लबको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । बारालाई फुटबल खेलमार्फत चिनाउन सबै लाग्नुपर्ने उहाले बताउनुभयो । क्लबले सामाजिक कार्यमा पनि सकृय सहभागिता जनाउनुपर्ने उहाले बताउनुभयो । कार्यक्रममा युवा व्यवसायी एवं समाजसेवि हिरा बस्नेत, निर्माण व्यवसायिक संघका अध्यक्ष दिपक ठाकुर, सिमरा फाउन्डेसनका अध्यक्ष आरिफ हुसेन, क्लबका सल्लाहकार बिनोद परियार लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत बिजयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सन्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा क्लबका सचिब केदार ढकालले गर्नुभएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष राज कपुर राउत बिजयले सस्थागत प्रतिबेदन र कोषाध्यक्ष रिता कडेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

You might also like