जीतपुरसिमरामा खेल क्षेत्रको विकास गर्न ऐन ल्याउदैछौ : मेयर पौडेल

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले समग्र खेल क्षेत्रको विकास गर्न नगरपालिकाले ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । बाराको सिमरामा रहेको नव जनजागृती युवा क्लबले १५औ बार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पौडेलले यस्तो बताउनुभएको हो । नगर प्रमुख पौडेलले ऐन ल्याएर खेलकुद क्षेत्रको विकास गर्न आफुहरु लागिपरेको बताउदै खेलकुदको गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । जीतपुरसिमरामा फुटबल खेलको मात्र विकास भएको भन्दै उहाले समग्र खेलको विकास गर्नुपर्ने बताउनुभयो । खेल क्ष्ँेत्रको गतिविधि हुनु राम्रो भएपनि यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । जीतपुरसिमरालाई खेल क्षेत्रमार्फत चिनाउन समबद्ध सबै पक्ष लाग्नुपर्ने भन्दै उहाले सबै खेलको विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, वडा नम्बर ३ का वडा अध्यक्ष तारा बहादुर कार्की, पुर्व अध्यक्ष राजकुमार भट्राई, समाजसेवी युवराज पौडेल, शिक्षाप्रेमी सुमन कुमार भट्राई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You might also like