दोस्रो डुमरवाना कप २०७९ आजदेखी शुरु

बाराको जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा दोश्रो डुमरवाना कप २०७९ शुरु भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा आजदेखी प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच जितपुरसिमरा उपमाहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेल छेत्रको बिकाश गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नगर प्रमुख पौडेलले प्रतियोगिता सफलताको सुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले खेल र खेलाडीको बिकाश गर्न वडा लागिपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ, समाजसेवी राजकुमार अर्याल लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो । क्लबका अध्यक्ष रामेश्वर खा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सन्चारकर्मी प्रदीप गौतमले गर्नुभएको थियो । कार्यक्रममा क्लबकि पुर्व सचिब रुना चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आजदेखी शुरु भएको प्रतियोगिता माघ १४ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख १ सय ११ रुपैया र उपबिजेताले नगद ५० हजार १ सय ११ रुपैया पाउने क्लबका अध्यक्ष रामेश्वर खा थारुले जानकारी दिनुभयो ।

You might also like