जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा जारी दोश्रो डुमरवाना कप फूटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बिरगंज युनाईटेड क्लब बिजयी भएको छ । हेटौंडा फूटवल एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै बिरगंज बिजयी भएको हो ।
चारपाते खेल मैदानमा भएको खेलमा हेटौंडालाई पराजित गरेको बिरगंज प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि वीरगन्ज युथ एकेडेमी र त्रिशुल युवा क्लब बकुलियाबिच खेल हुनेछ ।
जनमुखी चारपाते युवा क्लबको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
माघ १४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।