दोश्रो डुमरवाना कप : विरगञ्ज युथ एकेडेमी विजयी

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी दोश्रो डुमरवाना कप २०७९ मा आज विरगञ्ज युथ एकेडेमी विजयी भएको छ । त्रिशुल युवा क्लब बकुलियालाई ३–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज विजयी भएको हो ।

प्रतियोगिता अन्र्तगत विरगञ्जका जर्सि नम्बर २३ का आदित्य साक्य म्यान अफ द म्याच घोषित भए । श्री जनमुखी युवा चारपाते क्लबको आयोजनामा माघ ३ गतेदेखि शुरु भएको प्रतियोगिता माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत भोलि एभरेष्ट फुटबल लालबन्दी र मकवानपुर ११ बिच खेल हुने आयोजक क्लबले जनाएको छ ।

You might also like