माघ २५ गतेदेखि जितपुरसिमरा अस्पताल संचालन गर्ने निर्णय, अरु के के भयो निर्णय ?

ए वान डेस्क
१३ माघ २०७९, शुक्रबार १८:४८

जितपुरसिमरा उपमाहानगरपालिकाले माघ २५ गतेदेखी जितपुरसिमरा अस्पताल संचालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको आज बसेको ८औ कार्यपालिका बैठकले माघ २५ गतेदेखि अस्पताल संचालन गर्ने निर्णय गरेको हो । हालको प्राथमिक स्वास्थ्य केन्द्रलाई सुधार गरि १५ सैयाको अस्पताल संचालन गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । अस्पताल संचालनको निम्ति आवश्यक जनशक्ति व्यवस्थापन भईसकेको भन्दै नगर प्रमुख पौडेलले स्वास्थ्य सामाग्री व्यवस्थापन गरेर अस्पताल संचालन गरिने बताउनुभयो । यस्तो छ बैठकको निर्णय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*