दुधौरा रमाईलो मेलामा आज दुर्गेश थापा आउने

ए वान डेस्क
१६ माघ २०७९, सोमबार १०:०८

जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा सोमबार गायक दुर्गेश थापा आउँदैछन् । मेलामा सांगीतिक प्रस्तुति दिन थापा आउन लागेका हुन् ।

थापासंगै गायक तथा कार्यक्रम संचालक रमेश श्रेष्ठ मेलोडीको सांगीतिक प्रस्तुतिका साथै काठमाण्डौंबाट आएका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङले जनाएको छ ।

माघ ५ गतेदेखि भइरहेको मेलामा राष्ट्रिय र स्थानीय कलाकारले प्रस्तुति दिदै आएका छन् । मेला माघ २० गतेसम्म संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*