भ्यालेनटाईन डे को पुर्वसन्ध्यामा जब माया गर्ने जोडीलाई गाउलेले छुटाए … (भिडियोसहित)

प्रणय दिवसलाई मध्यनजर गर्दै प्रेमिल गीत ‘लै बरी लै लै’ रिलिज गरिएको छ । वीरगञ्जको ग्लोबल बिजनेस कलेजमा बिहिवार एक कार्यक्रमका बिच उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।
सयौँ गीतमा शब्द तथा संगीत भरीसकेका गीतकार तथा संगीतकार विकास पाण्डेको शब्द एवम् संगीत र गायक कमल के क्षेत्रीको सुमधुर आवाजमा सजिएको गीत गायक क्षेत्रीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरीसकेका मोडल युवराज केशरी र सबिना राउतको प्रेमलाई भिडियोमा देखाइएको छ । सञ्चारकर्मी प्रदीप गौतमले निर्माण गरेको भिडियोको निर्देशन सावन शर्माले गरेका हुन् । नेपाली तथा भोजपुरी गरी सयौँ चर्चित चलचित्रहरुमा सहायक निर्देशकको रुपमा काम गरेका शर्माले भिडियोको निर्देशन गरेका हुन् ।
सयौँ भिडियोको छायांकन गरीसकेका छायांकर विकास गुरुङ्ले भिडियोको छायांकन गरेका हुन् । https://youtube.com/watch?v=dw8TEohLqUs&feature=shares