प्रथम पर्सागढी मेयर कप २०७९ शुरु, उद्घाटन खेलमा विरगञ्ज विजयी

ए वान डेस्क
१३ फाल्गुन २०७९, शनिबार १९:३८

ए वान डेस्क /

पर्साको पर्सागढी नगरपालिकामा प्रथम पर्सागढी मेयर कप २०७९ आजदेखि शुरु भएको छ । मिरमिरे युवा क्लबको आयोजनामा वडा नम्बर ४ स्थित सबैयाटाडी खेल मैदानमा आजदेखि प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबिच पर्सागढी नगरपालिकाका नगर प्रमुख गोर्कण पाठकले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै पाठकले खेल क्षेत्रको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । उहाले सबै क्षेत्रको विकास गर्न नगरपालिका गंभिर भएर लागेको भन्दै नतिजा देखिने गरी आफुले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष शेख खुरसैदले खेल र खेलाडीको विकासमा आफुहरु सक्रिय रुपमा लागेको बताउनुभयो । वडा नम्बर २ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद महत्तो थारुले सबै मिलेर खेल क्ष्ँेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उप प्रमुख पुजा चौधरी जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । आयोजक क्लबका अध्यक्ष सुरज कुमार मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा विरगञ्ज विजयी भएको थियो । गोर्खा फुटबल एकेडेमी हरिवनलाई ६–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युनाईटेडले विजयी यात्रा शुरु गरेको हो ।

प्रतियोगिता अन्र्तगत विरगञ्ज युनाईटेडका लागि जर्सि नम्बर ११ का अमर डंगोल म्यान अफ द म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गोर्कण पाठकले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि हेटौडा एकेडेमी फुटबल क्लब र मिरमिरे युथ क्लबबिच खेल हुने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।

आजदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले ५१ ह्जार रुपैया पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*