पोतामा प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता सुरु

ए वान डेस्क
१९ फाल्गुन २०७९, शुक्रबार ११:०८

जीतपुरसिमरा उपमहानगरपालिका १३ पोतामा प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता सुरु भएको छ । डुमरवाना विकास मंचको आयोजनामा सुरु भएको प्रतियोगिताको वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले खेलको बिकास गर्न वडा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतियोगितामा एकैदिन पाँच खेल सम्पन्न भएका छन् । पोता खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक डुमरवानाले बिजयी सुरुवात गरेको छ । मनहर्वालाई ३–० सेटमा पराजित गर्दै डुमरवाना बिजयी भएको हो ।

यसैगरी दोस्रो खेलमा रौतहटले जित हात पारेको छ । रौतहटले पोता भलिबल टिमलाई ३–० सेटमा पराजित गरेको हो । यस्तै तेस्रो खेलमा मकवानपुर भलिबल टिम पालुङले मिलन चोकलाई पराजित गरेको छ ।

मकवानपुरले पालुङमाथी ३–० सेटको जित हात पारेको हो । यसैगरी चौथो खेलमा सिन्धुलीले महोत्तरीलाई ३–० सेटमा पराजित गरेको छ भने पाचौं खेलमा सर्लाही बिजयी भएको छ । सर्लाहीले जुगवा भलिबल टिम लाई ३–१ सेटले पराजित गरेको हो ।

पहिलो दिनको खेलमा जीत हात पारेका टिममध्ये शुक्रवार डुमरवाना र पालुङबीच खेल हुनेछ भने रौतहट र सिन्धुली भिड्नेछन् । यसैगरी सर्लाही र पिलुवा एपीएफबीच प्रतिस्पर्धा हुँदा बसतपुर र महोत्तरी एपीएफबीच खेल हुनेछ ।

बसतपुर र महोत्तरी एपीएफबीचको विजेताले सोही दिन नवलपुर भलिबल टिमसंग खेल्ने आयोजकले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नं. १३ को सहयोगमा आयोजित प्रतियोगिता फागुन २० गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगद प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*