तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा अधिवेशन सम्पन्न

ए वान डेस्क
१९ फाल्गुन २०७९, शुक्रबार १९:१७

तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । जीतपुरसिमरा २ स्थित संघको भवनमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो।
साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यातायात व्यवसायीको पक्षमा आफ्नो साथ रहने बताए । उनले व्यवसायीले भोग्नुपरेका समस्याका समाधान गर्नका निम्ति आफूले पहलकदमी लिने बताए ।

कार्यक्रममा संविधानसभाकी सदस्य मधु शाही, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेपाल ट्रक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्र विक्रम बानिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्ीय उपाध्यक्ष रामप्रसाद सुवेदी, ढुवानी व्यवसायी महासंघका विश्वनाथ खनाल, यातायात व्यवसायी जगरनाथ प्रसाद कलवार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा यातायात व्यवसायीसम्वद्ध संघसंस्थाका केन्द्रीय पदाधिकारी, प्रतिनिधि, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पूर्व क्षेत्र उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने सहजीकरण सन्चारकर्मी सुनिल गाउलेले गरेका थिए । कार्यक्रम कार्यबाहक अध्यक्ष सोयल अख्तर अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*