प्रथम पर्सागढी मेयर कप : उपाधीका लागी विरगञ्ज युनाईटेड र विरगञ्ज सिटि भिड्ने
ए वान डेस्क /
पर्साको पर्सागढीमा जारी प्रथम पर्सागढी मेयर कप २०७९ को फाईनल खेल भोलि हुदैछ । मिरमिरे युवा क्लबको आयोजनामा सबैयाटाडी खेल मैदानमा जारी प्रतियोगिताको फाईनल खेल भोलि हुन लागेको हो ।
उपाधीका लागि भोलि विरगञ्ज युनाईटेड क्लब र विरगञ्ज सिटि फुटबल एकेडेमीबिच भिडन्त हुदैछ । दुई टिमबिचको फाईनल खेल भोलि दिउसो २ बजेपछि शुरु हुने आयोजक मिरमिरे युवा क्लबका अध्यक्ष सुरज मानन्धरले जानकारी दिनुभयो ।
विरगञ्ज युनाईटेड क्लब गोलबजार स्पोर्टस क्लब सिराहालाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । पहिलो सेमिफाईनल खेलमा गोलबजार सिराहालाई ट्राईबेकरमा –३ गोल अन्तरले पराजित गर्दै विरगञ्ज युनाईटेड फाईनल प्रवेश गरेको हो ।
यता, विरगञ्ज फुटबल एकेडेमी हेटौडा फुटबल एकेडेमीलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । दोश्रो सेमिफाईनल खेलमा हेटौडालाई ४–३ गोल अन्तरले पराजित गर्दै विरगञ्ज सिटि फुटबल एकेडेमी फाईनलमा पुगेको हो ।
प्रतियोगिताको बिजताले नगद १ लाख १ हजार र उप बिजेताले नगद ५१ ह्जार रुपैया पाउनेछन् । फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।
पर्सागढी नगरपालिकाको मुख्य सहयोगमा सञ्चालित प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच समापन गरिने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।















