विरगञ्ज युनाईटेडले उचाल्यो प्रथम पर्सागढी मेयर कपको उपाधी

ए वान डेस्क
२० फाल्गुन २०७९, शनिबार २२:३०

ए वान डेस्क /

पर्साको पर्सागढीमा जारी प्रथम पर्सागढी मेयर कप २०७९ को उपाधी विरगञ्ज युनाईटेड क्लबले उचालेको छ । मिरमिरे युवा क्लबको आयोजनामा सबैयाटाडी खेल मैदानमा जारी प्रतियोगिताको उपाधी विरगञ्ज युनाईटेडले उचालेको हो ।

उपाधीका लागि आज विरगञ्ज युनाईटेड क्लब र विरगञ्ज सिटि फुटबल एकेडेमीबिच फाईनल भिडन्त भएको थियो । फाईनल खेलमा विरगञ्ज सिटि फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे विरगञ्ज् युनाईटेड प्रतियोगिताको बिजेता बनेको हो ।

प्रतियोगिताको बितेता बन्दै विरगञ्ज युनाईटेडले नगद १ लाख १ हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको उप बिजेता विरगञ्ज सिटि फुटबल क्लबले भने नगद ५१ ह्जार रुपैयामा चित्त बुझायो ।

प्रतियोगिताको बिजेता र उप बिजेता टिमलाई पर्सागढी नगरपालिकाका नगर प्रमुख गोर्कण पाठकले चेक नगद हस्तान्तरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पाठकले खेल क्षेत्रको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । उहाले आगामी दिनमा खेल क्षेत्रको विकास गर्न विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष शेख खुर्सेदले खेल र खेलाडीको संरक्षण गर्न सबै अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रमकाबिच प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने बिभिन्न संघ संस्था र व्यक्ति विशेषलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

आयोजक मिरमिरे क्लबका अध्यक्ष सुरज मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिता संयोजक राजकुमार गुरुङले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*