आय ठेक्काको बक्यौता ३५ दिनभित्र बुझाउन जीतपुरसिमराको निर्देशन

ए वान डेस्क
२३ फाल्गुन २०७९, मंगलवार १३:५९

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम ३५ दिनभित्र बुझाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

१० ठेकेदार कम्पनीहरुले विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएर पनि उपमहानगरपालिका रकम नबुझाएको भन्दै ३५ दिने सूचना निकालेको जनाएको छ ।

सूचना अनुसार बक्यौता रकम उठाउन उपमहानगरपालिकाले बारम्बार पत्र पठाउँदा पनि ठेकेदार कम्पनीहरुले अटेर गर्दै आएका थिए ।

जीतपुरसिमराले हाट बजारदेखि पाडाभैंसी बजार, विज्ञापन कर लगायत बक्यौता उठाउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*