जीतपुरसिमरा ११ खैरवामा ‘प्रथम वडा कप फुटबल प्रतियोगिता’ हुने

ए वान डेस्क
१२ चैत्र २०७९, आईतवार १७:१९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता २०७९/०८० हुने भएको छ । वडा कप फुटबल प्रतियोगिता आयोजक समितिको आयोजनामा यही चैत्र २५ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

खैरवा खेल मैदानमा हुन लागेको प्रतियोगिता बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । वडा नम्बर ११ को कार्यालयको सहयोगमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा बारा ११, थारु ११, विरगञ्ज युथ क्लब, त्रिशुल युवा क्लब बकुलिया, सिमरा भेट्रान क्लब, पर्सागढी युवा स्पोर्टस क्लब बढनिहार, रामबन टाडी क्लब र आयोजक ११ बिच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्यक दिन म्याच अफ द म्याचसहित बिभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने अध्यक्ष गौतमले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल शाहले वडा नम्बर ११ मा खेल र खेलाडीको विकास गर्न वडा प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाले आागमी दिनमा खेल क्षेत्रमा अझै धेरै बजेट बिनियोजन गर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा वडा नम्बर ११ का बिभिन्न सामाजिक व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए । वडा नम्बर ११ का वडा सदस्य सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोजक समितिका अध्यक्ष प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*