अमाडारको के.नेट फिडले गर्यो शार्वजनिक सुनुवाई

ए वान डेस्क
२७ चैत्र २०७९, सोमबार १२:३५

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा निर्माणाधिन अवस्थामा रहेको के. नेट फिड ईन्डष्ट्री प्रा.लि.ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । प्रारम्भिक वातावरणीय परिक्षण आईई प्रतिवेदन तयारीको लागी के.नेट फिडले सार्वजनिक सुनुवाई गरेको हो ।

प्रस्तावित उद्योग परिषरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साहको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी वातावरण महाशाखा प्रमुख पुष्पा सिंह, वडा नम्बर ११ का सचिव जितेन्द्र ठाकुर, उद्योगका सञ्चालक राजकुमार गिरि लगायत स्थानीयको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उद्योगका सञ्चालक गिरिले आफ्नो उद्योगबाट कुनै पनि प्रकारको प्रदुषण नहुने बताउनुभयो । जनतालाई समस्या पर्ने गरी आफुहरुले कुनै पनि काम नगर्ने भन्दै उहाले स्थानीयको रोजगारी पहिलो प्राथमिक्तामा रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साहले जनतालाई समस्या पर्ने कुनै पनि कार्य नगर्न आग्रह गर्नुभयो ।

उद्योग स्थापना हुनु राम्रो भएपनि यसले आगामी दिनमा जनतालाई असर गर्न नहुने बताउनुभयो । उहाले प्रदुषणको बिषयमा विशेष ध्यान दिनसमेत उद्योग प्रशासनलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*