जितपुरसिमरा भेट्रान खेल : ११ लाई पराजित गर्दै ५ बिजयि
जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ११ मा जारि प्रथम वडा कप फुटबल प्रतियोगिता अन्तर्गत आज भेट्रान खेल आयोजना गरिएको छ । खैरवा खेल मैदानमा आयोजित भेट्रान खेलमा वडा ११ लाई पराजित गर्दै वडा ५ बिजयि भएको छ । निर्धारित ६० मिनेटको खेलमा वडा नम्बर ५ ले वडा नम्बर ११ लाई ४-० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत वडा ५ का अध्यक्ष दिपेन्द्र चौधरि म्यान अफ द म्याच घोषित भए । भेट्रान खेलको बिजेता वडा ५ लाई नगद ७५०० रुपैया प्रदान गरिएको थियो ।















