बिरगंज युथले उचाल्यो प्रथम वडा कप फूटबल प्रतियोगिताको उपाधी
जीतपुरसिमरा ११ मा आयोजना गरिएको प्रथम वडा कप फूटबल प्रतियोगिताको उपाधी वीरगन्ज युथ एकेडेमीले उचालेको छ । शनिवार भएको फाईनल खेलमा रामवन टाडी युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै वीरगन्ज युथले उपाधी उचालेको हो ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । उपाधी विजेता वीरगन्ज युथले ५० हजार र उपविजेताले रामवन टाडी क्लबले २५ हजार नगद प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडाध्यक्ष विन्दालाल साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।















