चौथो बकुलिया गोल्डकप : एपीएफ पिलुवाको बिजयी शुरुवात
जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ५ मा जारी चौथो बकुलिया गोल्डकप २०८० मा शसस्त्र प्रहरीको एपीएफ पिलुवाले बिजयी शुरूवात गरेको छ । बकुलिया खेल मैदानमा आज भएको खेलमा बिरगंज युथ एकेडेमीलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले बिजयी शुरूवात गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साबिक बिजेता बिरगंज युथ एकेडेमीलाई पराजित गर्दै एपीएफले बिजयी शुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोलि आयोजक बकुलिया र चितवनबिच प्रतिस्पर्धा हुने आयोजक समितीका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । दुई टिमबिचको खेल दिउसो ४ बजेदेखी शुरु हुने चौधरीले बताउनुभयो ।

जन कल्याणकारी क्लबको आयोजनामा जारी प्रतियोगिता बैशाख ३० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार रुपैया पाउने वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।















