चौथो बकुलिया गोल्डकप : आयोजक विजयी, चितवन पराजित

ए वान डेस्क
२५ बैशाख २०८०, सोमबार २१:०६

ए वान डेस्क /

जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ५ मा जारी चौथो बकुलिया गोल्डकप २०८० मा आज आयोजक क्लब विजयी भएको छ । बकुलिया खेल मैदानमा आज भएको खेलमा हर्दि युवा समाज चितवनलाई पराजित गर्दै आयोजक बकुलियाले विजयी शुरुवात गरेको हो ।

निर्धारित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा आयोजक बकुलियाले चितवनलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता अन्र्तगत बकुलियाका गोल रक्षक तपरेज अंसारी म्यान अफ द म्याच घोषित भए । उनलाई वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोलि विरगञ्ज युनाईटेड क्लब र जन उत्थान क्लब सिन्धुलीबिच प्रतिस्पर्धा हुने आयोजक समितीका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । दुई टिमबिचको खेल दिउसो ४ बजेदेखी शुरु हुने चौधरीले बताउनुभयो ।

जन कल्याणकारी क्लबको आयोजनामा जारी प्रतियोगिता बैशाख ३० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*