चौथो बकुलिया गोल्डकप : विरगञ्ज युनार्ईटेड सेमिफाईनलमा प्रवेश
ए वान डेस्क /
विरगञ्ज युनाईटेड क्लब जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ५ मा जारी चौथो बकुलिया गोल्डकप २०८० को सेमिफाईनलमा प्रवेश गरेको छ । बकुलिया खेल मैदानमा आज भएको अन्तिम क्वाटरफाईनल खेलमा जन उत्थान क्लब सिन्धुलीलाई ५–० गोल अन्तरले पराजित गर्दै विरगञ्ज युनाईटेड क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।
निकै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक बनेको खेलमा विरगञ्ज युनाईटेडले पहिलो हाफअघि २ र दोश्रो हाफपछि ३ गोल गरेको थियो । प्रतियोगिता अन्र्तगत विरगञ्ज युनाईटेडका सागर चौधरी म्यान अफ द म्याच घोषित भए ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोलि आयोजक बकुलिया र गोलबजार सिराहाबिच खेल हुनेछ । दुई टिमबिचको खेल दिउसो ४ बजेदेखि शुरु हुने आयोजक समितिका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । जन कल्याणकारी क्लबको आयोजनामा जारी प्रतियोगिता बैशाख ३० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार रुपैया पाउने वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।















