रामनारायण मिश्र फुटबल प्रतियोगिता : आज दुई खेल हुने

ए वान डेस्क
१२ असार २०८०, मंगलवार १२:३९

सिमरा /

बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता २०८० मा आज दुई खेल हुने भएको छ । मधेश प्रदेश फुटबल संघको आयोजनामा सिमरा रंगशालामा हिजोदेखि शुरु भएको प्रतियोगिता अन्र्तगत आज दुई खेल हुन लागेको हो ।

पहिलो खेल दिउसो ४ बजे सिराहा र सप्तरीबिच हुनेछ भने साझ ६ बजे धनुषा र रौतहटबिच दोश्रो खेल हुने आयोजक मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो । यसअघि हिजो भएको उद्घाटन खेलमा पर्सा जिल्ला फुटबल संघलाई ट्राईबेकरमा पराजित गर्दै बाराले विजयी शुरुवात गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा बाराले पर्सालाई ५–४ गोल अन्तरले पराजित गरेको थियो । सिमरा रंगशालामा जारी प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउनेछन् ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि हुने प्रतिस्पर्धा हुनेछ ।

रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*