युवा नवप्रतिभाहरुको खोजी गर्दै जीतपुरसिमरा, बिजेताले दश हजार पाउने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र रहेका युवा नवप्रतिभाहरुको खोजि गर्न थालेको छ । युवा नवप्रवर्तनात्मक विचार प्रर्दशनी तथा प्रस्तुतीकरण प्रतियोगिता सञ्चालन गर्न उपमहानगरपालिकाले युवा नवप्रतिभाहरुको खोजि गर्न लागेको हो ।
आर्थिक बर्ष २०७९÷०८० का लागी राष्ट्रिय युवा परिषदले जीतपुरसिमरा उपमहानगरपालिकालाई प्रतियोगिता गर्न बजेट बिनियोजन गरेपछि उपमहानगरले नवप्रतिभाहरुको खोजि कार्य थालेको हो । प्रतियोगितामा बाराका सबै स्थानीय तहका १६ देखि ४० बर्ष उमेर समुहका युवाहरुले सहभागिता जनाउन पाउनेछन् ।
उपमहानगरपालिकाले प्रतियोगितामा सहभागिता जनाउन असार २२ गतेसम्म विचार फारम पेश गर्न भनेको छ । प्रतियोगितामा पहिलो हुनेले दश हजार, दोश्रो हुनेले सात हजार र तेश्रो हुनेले चार हजार रुपैया पाउने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले यसअघि पहिलो पटक असार १ गते सुचना जारी गरेको थियो । तर पहिलो पटकको सुचनामा प्रयाप्त आवेदन नपरेपछि उपमहानगरपालिकाले दोश्रो पटकको लागी सुचना जारी गरेको हो । दोश्रो पटकको मिति शुक्रबार सकिदैछ ।
हेर्नुस् उपमहानगरपालिकाको सुचना
















