जीतपुरसिमरा १४ द्धारा सुत्केरी र सर्पदंश विरामीलाई १० हजार प्रदान

ए वान डेस्क
२५ असार २०८०, सोमबार १४:००

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयले आइतबार सुत्केरी महिला र सर्पदशंका बिरामीलाई जनही १० हजार प्रदान गरेको छ ।

सुत्केरी संरक्षण कार्यक्रम अन्तर्गत वडा कार्यालयले ६० जना सुत्केरी महिलालाई १० हजार दरले नगद उपलब्ध गराएको हो । सुत्केरी महिलालाई पोषणयुक्त आहार र स्याहार खर्चका लागि उक्त रकम वितरण गरिएको वडाध्यक्ष चयन गुरुङले बताईन् ।

यसैगरी वडा कार्यालयले सर्पदंशको उपचारपछि घर फर्किएका पाँच जना विरामीलाई जनही १० हजार प्रदान गरेको छ । एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह र वडाध्यक्ष गुरुङले नगद प्रदान गरेका हुन् ।

वडा कार्यालयले सुत्केरी महिला र सर्पदंशका विरामीका लागि लक्षित गर्दै सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको थियो । वडाबासीलाई गरिएको प्रतिवद्धता अनुरुप नगद प्रदान गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*