जीतपुरसिमरा उपमहानगरले बोलायो प्र.अ. को बैठक

ए वान डेस्क
८ श्रावण २०८०, सोमबार २०:०९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको बैठक बोलाएको छ । पालिकाभित्र रहेका सम्पुर्ण बिद्यालयलाई पत्राचार गर्दै उपमहानगरले भोलिको लागी बैठक बोलाएको हो ।

पहिलो बैठक बिहान १० बजे माद्ययमिक तह र दोश्रो बैठक दिउसो १ बजे आधारभुत तहको बस्ने शिक्षा महाशाखा अधिकृत हरिश भट्टले जानकारी दिनुभयो । बैठकमा माद्ययमिक र आधारभुत तहका प्रधानाध्यापकहरुसंग बिद्यालयको शैक्षिक अवस्था र सुधारका बिषयमा छलफल हुने बुझिएको छ ।

पछिल्लो समय शैक्षिक सुधार अभियानमा लागेको उपमहानगरले बिभिन्न समयमा प्रधानाध्यापकहरुको बैठक बोलाउदै आएको छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने उदेश्यका साथ उपमहानगरले अनुगमनलाई पनि तिब्रता दिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*