अमाडार फुटबल प्रतियोगिता : पिपरिया विजयी, रजघट्टा पराजित

ए वान डेस्क
१० श्रावण २०८०, बुधबार २१:०३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा स्थित अमाडारमा जारी सेभेन ए साईड फुटबल प्रतियोगितामा आज पिपरिया फुटबल क्लब विजयी भएको छ । प्रतियोगिता अन्र्तगत आज भएको खेलमा रजघट्टा युवा क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै पिपरिया विजयी भएको हो ।

यसअघि हिजो भएको खेलमा अमाडार ११ लाई पेनाल्टिमा पराजित गर्दै बसडिलवा विजयी भएको थियो । प्रतियोगिता अन्र्तगत भोलि ज्योती युवा क्लब विरगञ्ज र सथवल युवा क्लब सथवलबिच खेल हुनेछ । दुई टिमबिचको खेल साझ ५ बजेदेखि शुरु हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गणेश चौधरीले जानकारी दिनुभयो ।

अमाडारको खेल मैदानमा शनिवारदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । साउन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता नगद १० हजार र उप बिजेताले नगद ५ हजार रुपैया पाउने अध्यक्ष चौधरीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*