रोट्रयाक क्लब अफ सिमराको अध्यक्षमा साह चयन

ए वान डेस्क
१३ श्रावण २०८०, शनिबार १९:५०

ए वान डेस्क /

रोट्रयाक क्लब अफ सिमराको तेश्रो पदस्थापन कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले समाज परिवर्तन गर्न रोट्रयाक क्लब अफ सिमराको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उप प्रमुख अधिकारीले समाजका हरेक गतिविधिमा रोट्रयाक क्लबले सहभागिता जनाउनुपर्ने भन्दै संस्थामार्फत सामाजिक कार्य गर्न उपमहानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

यसैबिच, रोट्रयाक क्लब अफ सिमराको तेस्रो पदस्थापन कार्यक्रमकाबिच नया कार्यसमिति समेत चयन गरिएको छ । १ बर्षे कार्यकालका लागी समाजसेवी विवेक साहको अध्यक्षतामा ११ सदस्य नया कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रमकाबिच पुर्व अध्यक्ष सुनिल साहले नया चयन भएका अध्यक्ष विवेक साहलाई सपथ खुवाउनुभएको थियो । यसैगरी कार्यसमितिका सदस्यहरुलाई भने अध्यक्ष साहले सपथ खुवाउनुभएको थियो ।

पुर्व अध्यक्ष सुनिल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजकुमार साहले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*